वीरगञ्ज । वार्षिक रूपमा कुन देशमा सबैभन्दा धेरै सार्वजनिक बिदा दिन्छ, के तपाईँलाई थाहा छ ।
यदि यसबारेमा थाहा पाउनुभयो भने छक्क पर्नु हुने छ । विश्वमै सबैभन्दा धेरै सार्वजनिक बिदा दिने देश हो नेपाल । नेपालमा वर्ष दिनमा ३५ दिन सार्वजनिक बिदा रहेका छन् । हालै मात्रै वर्ड अफ स्टाटिक्सले सार्वजनिक गरेको विवरणमा नेपालले एक वर्षमा ३५ दिन सार्वजनिक बिदा दिएको तथ्याङ्क देखाइएको छ ।
विश्वकै दोस्रो धेरै सार्वजनिक बिदा दिने देशको सूचिमा म्यानमार रहेको छ । म्यानमारमा वर्षमा ३२ दिन सार्वजनिक बिदा रहेको छ ।
इरानमा २६ दिन,श्रीलङ्कामा २५ दिन,बङ्गलादेशमा २२ दिन इजिप्टमा २२ दिन, कम्बोडीयामा २१ दिन, भारतमा २१ दिन र जापानमा १६ रहेको छ ।







