Categories समाज

वीरगन्ज : बृद्धबृद्धा एंव विपन्नहरुलाई सिरक वितरण

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर २१ मा बृद्धबृद्धा एंव विपन्नहरुलाई सिरक वितरण गरिएको छ ।

जाडो बढ्दै गएपछि त्यसैलाई मध्यनजर गरि वीरगन्ज महानगरपालिकाको सहयोगमा संसारीमाई युवा समाजले २ सय जनालाई सिरक बाँडेको हो ।

Advertisement

बुधबार वडा नंबर २१ मै आयोजित कार्यक्रममा वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले स्थानीयलाई सिरक प्रदान गरे ।

Advertisement

रमिता कुशवाहाको अध्यक्षता तथा मेयर सिंहको प्रमुख आतिथ्यतामा भएको सिरक वितरण कार्यक्रममा वडाध्यक्ष राधाकृष्ण रौनियार,साहिब दरबारका अध्यक्ष उमेशलाल सहनी,कोषाध्यक्ष जिनु मियाँ,स्थानीय नेताहरू संजय मण्डल,कृष्णा पटेल,पुरुषोत्तम पटेल, सिपलाल राम,नवीन मण्डल लगायतकोपनि उपस्थिति रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *