Categories समाचार

लागु औषध गाँजाको धूलो सहित दुई जना पक्राउ

Advertisement

पर्सा । पर्सा प्रहरीले लागु औषध गाँजाको धूलो सहित दुई जनालाई पक्राउ गरेको छ ।

इकला प्रहरी कार्यालय पोखरीयाबाट खटि गएको प्रहरी टोलीले सखुवा प्रसौनी गाउँपालिका वडा नं ५ महुवन चौक स्थित सडकखण्डबाट बागमती प्रदेश ०३-००१ च १५४० नम्बरको बोलेरो पिकअपमा भएको अन्दाजी ४२ किलोग्राम गाँजाको धूलो सहित दुइ जनालाई पक्राउ गरेको हो ।

Advertisement

पिकअपको चालक बस्ने सिटमुनी लुकाई छिपाई महुवान चौकबाट देउरियातर्फ जाँदै गरेको लागू औषध गाँजाको धूलो सहित गाडीका चालक मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका ९ का ३४ वर्षीय सुमन ब्लोन र गाडीमा सवार पर्सा जिल्ला पटेर्वा सुगौली गाउँपालिका ४ का ४० वर्षीय विनोद राम पक्राउ परेको प्रहरीले जनाएको छ।

Advertisement

सवारी सहित दुईजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक मोहन बिक्रम केसीले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *