Categories शिक्षा

चिसो बढ्दै गएपछि वीरगन्ज महानगरका विद्यालयहरु आठ दिनका लागि बन्द

Advertisement

वीरगन्ज । तराई-मधेसमा केहि दिनयता चिसाे बढ्दै गएका कारण जनजिवन प्रभावित हुदैं गएकाे छ।

हुस्सु लाग्नुका साथै घामपनि लाग्न छाडेपछि चिसाे बढेकाे र यसले विद्यालयमा बालबालिकालाई पठनपाठनमा समस्या भएकाले त्यसैलाई मध्यनजर गरी वीरगन्ज महानगरपालिकालेपनि महानगरमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा साेमबारदेखि आठ दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेकाे हाे।

Advertisement

आइतबार बसेकाे महानगरकाे शिक्षा समितिकाे बैठकले साेमबारदेखी माघ १ गतेसम्म आठ दिन महानगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरेकाे शिक्षा अधिकृत हरि राउतले जानकारी दिए।

Advertisement

तर परिक्षा चलिरहेका केहि संस्थागत विद्यालयहरुकाे हकमा भने परिक्षा नियमित राख्न अनुराेध गरिएको राउतले बताए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *