Categories समाचार

जिप्रका पर्साद्वारा पहिलो पटक तीन जनालाई गैर आवासीय नेपाली नागरिकता प्रदान

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले तीन जनालाई गैर आवासीय नेपाली नागरिकता प्रदान गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले पहिलो पटक तीन जनालाई गैर आवासीय नेपाली नागरिकताको प्रमाण पत्र जारी गरिएको जानकारी दिएको छ।

आइतबार पर्साको पर्साकाे वीरगन्ज महानगरपालिका वडा नम्बर २३ घर भई हाल अष्ट्रेलिया बस्ने किरण प्रधान,वीरगन्ज महानगरपालिका वडा नम्बर ११ घर भई हाल अष्ट्रेलिया बस्ने शमीम अनवर र वीरगन्ज महानगरपालिका वडा नम्बर ९ घर भई हाल अमेरिका बस्ने सुमन कानु गरी ३ जनालाई गैर आवासीय नागरिकता प्रदान गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले जानकारी दिए।

Advertisement

हालसम्म तीन वटा निबेदन गैरआवासीय नेपाली नागरिकताको लागि परेकोमा तीनैजनालाई नागरिकता प्रदान गरिएको उनले बताए।तीनै जनालाई पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले गैरआवासीय नेपाली नागरिकताकाे प्रमाण पत्र प्रदान गरेका हुन्।साभार:देशसञ्चारबाट

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *