Categories समाचार

दुई कठ्ठामा लगाइएको गाँजा प्रहरीद्वारा नष्ट

Advertisement


वीरगन्ज । अवैध रूपमा लगाइएको गाँजा खेती पर्सा प्रहरीले नष्ट गरेको छ ।

आज बिहान अन्दाजी ०९:३० बजे देखी दिनको २ बजेसम्म ठोरी गाउँपालिका वडा नं.५ स्थित अवैध रूपमा २ कठ्ठा जग्गामा लगाइएको गाँजा खेती नष्ट गरिएको पर्सा प्रहरीले जनाएको छ ।

Advertisement

ईलाका प्रहरी कार्यालय ठोरीलगायत खटेका अन्दाजी ३० जनाको संयुक्त प्रहरी टोलीले अवैधरूपमा लगाइएको २ कठ्ठामा सात सय गाँजाको बोट फडानी तथा नष्ट गरेको हो ।

Advertisement

गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही हुने पर्सा प्रहरीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *