Categories खेलकुद

दोस्रो श्री शंकर लाल केडिया स्मृति अन्तर विद्यालय फुटबल प्रतियोगिता आजदेखि सुरु

वीरगन्ज । श्री शंकर लाल केडिया स्मृति अन्तर विद्यालय फुटबल प्रतियोगिताको दोस्रो संस्करण आजदेखि सुरु भएको छ ।

आज (आइतबार) डि. ए. भी. बिद्यालयमा दोस्रो श्री शंकर लाल केडिया स्मृति अन्तर विद्यालय फुटबल प्रतियोगिता २०८० को उद्दघाटन भएको छ। उक्त कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी पर्साका प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले श्री शंकर लाल केडियाको फोटोमा माल्यार्पण गरि उद्घाटन गरेका हुन ।

Advertisement

पुष २२ गते देखि २७ गते सम्म चल्ने उक्त प्रतियोगितामा वीरगन्जका १० वटा विद्यालयले भाग लिएका छन्‌।

Advertisement

उद्दघाटन कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले नृत्य तथा गीत प्रस्तुत गरेका थिए भने सहजीकरण मेघा धाडिचले गरेकी थिइन् ।

विद्यालयका उपाध्यक्ष विजय कुमार अग्रवालको अध्यक्ष्तामा भएको सो कार्यक्रममा प्रधानाध्यापक राकेश मिश्रा, विद्यालय व्यवस्थापन समितीका सुनिल केडिया, संदिप केडिया, दिनेश वन्का, वडा अध्यक्ष गम्भीरा पटेल, प्याब्सनका केन्द्रिय सदस्य छेडुप लामा, प्याब्सनका अन्य पदाधिकारी तथा विभिन्न विद्यालयका प्रधानाध्यापक लगायतको उपस्थिती रहेको थियो।

आज भएको पहिलो खेलमा जीवन ज्योति विद्यालयले डि. ए. भी. विद्यालयलाई ४-० को अन्तरले पराजित गरेको छ। उक्त खेलको म्यान अफ द म्याचको उपाधि जीवन ज्योतिका राजन मुरमुरले हात पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *