Categories विदेश

एटीएम मेसिन नै चोरी

काठमाडौँ । भारतमा एटीएम मेसिन नै चोरी भएको छ । एसबीआई बैंकको एटीएम मेसिन आईतबार राति करिब अढाई बजे चोरी भएको हो ।

उक्त घटना आगराको कागारौल गाउँमा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

Advertisement

सीसीटीभी क्यामेरामा कैद भएको फुटेजमा चार–पाँच जनाको समूहले एटीएम मेसिनलाई एउटा पिकअप भ्यानमा राखेको देखिएको छ।

Advertisement

एटीएम मेसिन रहेको घरकै माथिल्लो तलामा बस्दै आएका रामनिवास रावतले राति आवाज आएपछि प्रहरीलाई खबर गरेका थिए । केही बेरमा प्रहरी आएर हेर्दा एटीएम मेसिन चोरी भइसकेको थियो । 

एटीएम मेसिनमा २९ देखि ३० लाख नगद रहेको पुलिस कमिस्नर डा.प्रितीन्दर सिंहले बताएका छन् । आसपासका क्षेत्रमा चेकजाँच कडाइ गरिएको र नाकाहरुमा निगरानी बढाइएको जानकारी दिँदै चोरहरू चाँडै पक्राउ पर्ने सिंहले बताएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *