Categories समाचार

नेपालमा प्रतिबन्धित ठूलाे परिमाणमा भारतीय आयुर्वेदिक औषधि बरामद

Advertisement

वीरगन्ज, वीरगन्जमा औषधि व्यवस्था विभागले एक गाेदाममा छापा मारेर नेपालमा प्रतिबन्धित ठूलाे परिमाणमा भारतीय आयुर्वेदिक औषधि बरामद गरि जफत गरेकाे छ। विशेष सूचनाको आधारमा वीरगन्जस्थित औषधि व्यवस्था विभागका निमित्त कार्यालय प्रमुख मुकेन्द्र पंजियारकाे नेतृत्वमा खटिएको टाेलीले वीरगन्ज महानगरपालिका १६ नगवास्थित एक घरकाे गाेदाममा छापा मारेर करिब १५ लाख रुपैयाँ मुल्यकाे प्रतिबन्धित आयुर्वेदिक औषधि बरामद गरि जफत गरेकाे हाे।

बारामद औषधिमा दुखाई कम गर्नका लागि मालिस र खाने झाेल औषधिहरु रहेकाे पंजियारले जानकारी दिए। पंजियारका अनुसार,नगवास्थित एक घरकाे गोदाममा भण्डारण गरी राखेको अवस्थामा भारत पटनाकाे श्री वैद्यनाथ आर्युवेद भवनद्वारा उत्पादित विभिन्न ब्रान्डका १८० वटा कार्टुनमा रहेका ८ हजार बाेत्तल औषधि बरामद गरिएको हो ।

Advertisement

औषधि जफत गर्नुका साथै ती औषधि भारतबाट अवैध रुपमा वीरगन्जमा ल्याएर भण्डारण गर्ने सिरहा जिल्ला घर भएका हिमालयन सप्लायरका व्यवस्थापक महम्मद अतिक अनवरलाई नियन्त्रणमापनि लिइएको पंजियारले जानकारी दिए। पंजियारका अनुसार,औषधि व्यवस्था बिभागबाट परीक्षण गर्दा ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ मा भारत पटनाकाे श्री वैद्यनाथ आर्युवेद भवनद्वारा उत्पादित औषधि अनुत्तीर्ण भएकाले उक्त कम्पनीको कुनैपनि औषधि नेपालमा आयात र बिक्री वितरण गर्न औषधि व्यवस्था विभागले यसअघि नै प्रतिबन्ध लगाइ सकेकाे छ ।

Advertisement

तर अनवरले उक्त भारतीय कम्पनीको औषधि जानाजान आयात गरेर बिक्री वितरणका लागि भण्डारणा गरेको सूचना पाएपछि साेमबार गाेदाममा छापा मारेर जफत गर्नुका साथै व्यवस्थापक अनवरलाईपनि नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडी बढाइएको पंजियारले बताए । नियन्त्रणमा लिइएका अनवरलाई जिल्ला प्रहरी कार्यालय पर्साकाे हिरासतमा पठाइएको जानकारी उनले दिए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *