Categories समाचार

लायन्स क्लब वीरगन्जद्वारा वीरगन्ज कपडा बैंकलाई कपडा सहयोग

Advertisement

वीरगन्ज । लायन्स क्लब वीरगन्ज परिवार र लायन्स क्लब कुटुम्बले संयुक्त रुपमा वीरगन्ज कपडा बैंकलाई कपडा सहयोग गरेको छ । कार्यक्रम सन्योजक लायन अशोक बेरिवालको संयोजकत्वमा ५ बोरा र १ झोला कपडा बैंकका अध्यक्ष लालबाबु सिंह लाई कपडा बैंकको कार्यालय वीरगन्ज -८ मा पुगि हस्तान्तरण गरिएको छ ।

सो अवसरमा लायन्सका अध्यक्ष लायन रबि सर्राफ, सदस्यहरु नरोतम पाण्डे ,श्याम गुप्ता,बिजया ओझैया,सन्जिता प्याकुरेल,रचना शर्मा,अर्चना शर्मा,रिकेश साह,बासु तिमिल्सिना ,रिना रौनियार,प्रीती गुप्ता,सिमा रौनियार लगायत वीरगन्ज कपडा बैंकका कोषाध्यक्ष मनोज मिश्रा लगायतको सहभागिता रहेको थियो ।

Advertisement

सो अवसरमा वीरगन्ज कपडा बैंकका अध्यक्ष सिंहले दिन दुखी असहायको सेवा सहयोग का लागि ” जस संग धेरै छ दियेर जानुस र जो संग कमि छ आवश्यकता छ निशुल्क लियेर जानुस ” को मुलमन्त्र लाई आत्मसात गर्दै बिगत ५ बर्ष देखि वीरगन्ज कपडा बैंक स्थापना गरि कार्यालयबाट र विभिन्न स्थानहरुमा निशुल्क कपडा वितरण गरि सेवा प्रदान गरिरहेको जानकारी गराउदै लायन्स क्लब वीरगन्ज र कुटुम्ब परिवारले सामाजिक क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गरिरहेको र वीरगन्ज कपडा बैंकको माध्यमबाट दिन दुखी असहायको लागि कपडा प्रदान गरि सहयोग गर्नु भएकोमा हार्दिक आभार धन्यवाद प्रकट गरे ।

Advertisement

कार्यक्रम संयोजक लायन बेरिवालले वीरगन्ज कपडा बैंकले गरिरहेको कार्यको प्रसंशा गर्दै आउने दिनमा लायन्स क्लबले सक्दो सहयोग गर्ने बताउनु भयो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *