Categories खेलकुद

श्री शंकर लाल केडिया स्मृति अन्तर विद्यालय फुटबल प्रतियोगिता : दोस्रो दिन दुईवटा खेल सम्पन्न

वीरगन्ज । श्री शंकर लाल केडिया स्मृति अन्तर विद्यालय फुटबल प्रतियोगिताको दोस्रो संस्करणको आज दोस्रो दिन दुईवटा खेल भएको छ ।

आज भएको पहिलो खेलमा मुनलाईट स्कुलले केमब्रिज पब्लिक स्कुललाई ९-० को भारी अन्तरले पराजित गरेको थियो । म्यान अफ द म्याच मुनलाईटका लभ गोसाई घोषित भएका थिए ।

Advertisement

आजै भएको दोस्रो खेलमा साउथ जोन स्कुलले कादम्बरी एकेडेमीलाई ७-० को अन्तरले हराउँदै जित हासिल गरेको थियो । म्यान अफ द म्याचको उपाधि साउथ जोनका रोशन दास थारुले हात पारेका थिए ।

Advertisement

पुष २२ गते देखि २७ गते सम्म चल्ने उक्त प्रतियोगितामा वीरगन्जका १० वटा विद्यालयले भाग लिएका छन्‌।

आज सो कार्यक्रममा जेम्स ग्रुप सर्भिसका प्रकाश यादव, लक्ष्मी पुस्तक भण्डारका रोहित गुप्ता, विधार्थी पुस्तकका अजय सिंह लगायत भारतबाट विभिन्न प्रकाशनका प्रतिनिधिहरुको उपस्थिति रहेको डि. ए. भी. विद्यालयका प्रधानाध्यापक राकेश मिश्राले जानकारी गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *