वीरगन्ज । काठमाडौं उपत्यकामा तस्करीकाे ४७ किलो चाँदीका गरगहनासहित पर्सा र बाराका तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पर्साकाे वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका सुमन सर्राफ, बाराकाे कलैया १० का कामेश्वर साअ र बाराकै विश्रामपुर गाउँपालिकाका मनिष सर्राफ रहेका छन् ।
विशेष सूचनाको आधारमा काठमाडौंको विभिन्न स्थानबाट बिल विजक बिनाको चाँदीको गहनासहित तीन जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयले जनाएको छ ।
राजस्व छली गरी बिल विजक बिना चाँदीका गरगहना ल्याइएकाे सूचना अनुसार सबैलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले जनाए ।
उनका अनुसार पक्राउ परेका तिनै जनामाथि राजस्व छली सम्बन्धी कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।






