Categories समाचार

ज्योतिष डा. पुरुषोत्तम दुबे काठमाडौंमा सम्मानित

Advertisement

वीरगन्ज । नेपाल ज्योतिष परिषद को रजत महोत्सव मा विश्व ज्योतिष महासंघ का एशिया उपसभापति ज्योतिष डा. पुरुषोत्तम दुबे सम्मानित भएका छन् ।

होटल हार्दिक बागबाजार मा नेपाल ज्योतिष परिषद रजत महोत्सव को समुद्घाटन गर्नु भएका प्रमुख अतिथि नेपाल सरकार का उपप्रधानमंत्री तथा रक्षा मंत्री पुर्णबहादुर खड़काले सो कार्यक्रम मा डा .दुबे सहित २१ जना ज्योतिष क्षेत्र मा अतुलनीय सहयोग गरेको भन्दै विशेष सम्मान गर्नु भएको छ ।

Advertisement

सो कार्यक्रम मा देश भरी को ४ सयका संख्या मा वरिष्ठ ज्योतिषहरु को उपस्थिति रहेको थियो ।

Advertisement

कार्यक्रम को अध्यक्षता ज्यों. माधवराज पांडे, संस्थापक अध्यक्ष तथा विश्व ज्योतिष महासंघ का केंद्रीय अध्यक्ष डा लोकराज पौडेल, नेपाल पंचांग निर्णायक समिति का पदाधिकारी एवम कार्यक्रम संयोजक ज्यो.संतोष वशिष्ठ ले स्वागत भाषण गर्नु भएको र कार्ययक्र को अंत्य मा प्रमुख अतिथि लाई माया को चीनो प्रदान गरिएको थियो ।

कार्यक्रम संचालक ज्यों. लक्ष्मण पंथी तथा ज्यों शिवलाल पौडेलले सहजीकरण गर्नु भएको थियो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *