Categories समाचार

लागु औषध खैरो हिरोईन सहित दुई जना पक्राउ

Advertisement

वीरगंज । पर्सा प्रहरीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेकाे छ । प्रहरी चौकी बसपार्क तथा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्साको टोलीले साेमबार सांझ वीरगंजबाट लागु औषध खैराे हिराेइनसिहत २ जनालाई पक्राउ गरेकाे हाे ।

वीरगंज महानगरपालिकाकाे वडा नम्बर ८ स्थित सडकखण्डबाट बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ का ३८ वर्षीय बिनोद प्रसाद गुप्ता र सोही ठाउँका ३८ वर्षीय फिरोज चौधरी पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । 

Advertisement

शंकास्पद अवस्थामा भेटिएपछि चेकजाँच गर्दा बिनोद प्रसाद गुप्ताले लगाएको पाइन्टको दाहिने खल्तीबाट २ वटा सेतो रंगको प्लाष्टिकमा बेरी राखेको पोकाभित्र लागुऔषध खैरो हिरोईन जस्तो देखिने सेतो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले वताए । 

Advertisement

बरामद १ सय २ ग्राम खैरो हिरोईन जस्तो देखिने सेतो पदार्थसहित निजहरुविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता थापाले जानकारी दिए । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *