Categories समाचार

बिलबिजक भन्दा बढी कपडा लोड रहेको ट्रक प्रहरी नियन्त्रणमा

Advertisement

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बिलबिजक भन्दा बढी कपडा लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चौकस्थित सडकखण्डबाट प्रहरीले ना. ६ ख १३७ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो । 

राजस्व छली चोरी गरेर विलविजक भन्दा बढी मालबस्तु लोड गरी वीरगञ्जबाट रुपन्देहीतर्फ जाँदै गरेको सूचनाको आधारमा प्रहरीले चेकजाँच गरेको हो । चेकजाँच गर्दा अनलाईन बिलमा उल्लेख्तिभन्दा बढी सामान देखिएपछि ट्रक नियन्त्रणमा लिइएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए । 

Advertisement

डिएसपी थापाकाअनुसार ५२ लाख ६४ हजार १ सय ३ रुपैयाँ बराबरको सामाग्रीसहित ट्रक नियन्त्रणमा लिइएको हो । नियन्त्रीत सामानलाई ट्रकसहित राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *