Categories खेलकुद

अन्तर विद्यालय फुटबल प्रतियोगिता : तेस्रो दिन डिपिएस र मुनलाईट विजयी

वीरगन्ज । डि.ए.भी केडिया स्कुलद्वारा आयोजित “श्री शंकर लाल केडिया स्मृति अन्तर विद्यालय फुटबल प्रतियोगिता”को दोस्रो संस्करणको आज तेस्रो दिन पनि दुईवटा खेल सम्पन्न भएको छ ।

आज भएको पहिलो खेलमा डि.पि.एस. स्कुलले मनकामना मा.वि. लाई ६-१ को अन्तरले पराजित गरेको थियो । म्यान अफ द म्याच डि.पि.एस. का प्रनिश श्रेष्ठ घोषित भएका थिए ।

Advertisement

आजै भएको दोस्रो खेलमा मुनलाईट स्कुलले लिटिल फ्लावर स्कुललाई १-० को अन्तरले हराउँदै जित हासिल गरेको थियो । म्यान अफ द म्याचको उपाधि लिटिल फ्लावरका संदेश घल्लेले हात पारेका थिए ।

Advertisement

पुष २२ गते देखि २७ गते सम्म चल्ने उक्त प्रतियोगितामा वीरगन्जका १० वटा विद्यालयले भाग लिएका छन्‌।

डि. ए. भी केडिया स्कुलको प्रांगणमा भइरहेको प्रतियोगितामा आज प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान, फुटबलर रितु शाक्य र मुनलाईटका सुलभ केसीलगायतको उपस्थिति रहेको स्कुलका प्रधानाध्यापक राकेश मिश्राले जानकारी गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *