Categories समाचार

१० किलो लागुऔषध गाँजा बरामद

Advertisement

वीरगन्ज । पर्साको ठोरी गाउँपालिका वडा नम्बर ४ मालीबस्तीबाट सशस्त्र प्रहरीले १० किलो लागुऔषध गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म सुवर्णपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक रामबहादुर बोगटीको नेतृत्वमा खटिएको गस्ती टोलीले गाँजा उक्त गाँजा बरामद गरेको हो ।

Advertisement

मालीबस्तीदेखि दशगजा हुदै भारततर्फ गईरहेका पैदल व्यक्तिले प्रहरीलाई देख्ने बित्तिकै गाँजा छाडेर भागेको सशस्त्र प्राहरी नायब उपरिक्षक बोगटीले बताए ।

Advertisement

बरामद गाँजा आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय ठोरीमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *