Categories समाचार

वीरगन्ज नाकामा पछिल्लो दुई दिनमा कोरोनाका दुई संक्रमित फेला

Advertisement

वीरगन्ज । लामो समयपछि वीरगन्ज नाकामा फेरि कोरोना संक्रमित फेला पर्न थालेका छन् ।नेपाल प्रवेश गर्ने देशकै मुख्य नाका वीरगन्ज नाकामा सञ्चालित हेल्थ डेस्कमा भइरहेको परिक्षणमा पछिल्लो दुई दिनमा कोरोनाका दुई संक्रमित फेला परेका हुन् ।

दुवै जनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन.१ को संक्रमण भेटिएको हेल्थ डेस्क प्रमुख तथा वीरगन्ज महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुमनचन्द्र ठाकुरले बताए । संक्रमण पुष्टि हुनेमा एक जना नेपाली र एक जना भारतीय नागरिक रहेको जानकारी उनले दिए ।

Advertisement

नेपाल–भारत सीमास्थित नाकाको हेल्थ डेस्कमा बिहीबार दिउँसोसम्म ४६ जनाको एन्टिजेन जाँच गर्दा तीमध्ये धादिङ जिल्ला घर भएका ५९ वर्षिय पुरुषमा कोरोनाको नयाँ भेरिएन्ट जेएन.१ को संक्रमण पुष्टि भएको ठाकुरले बताए । उनि भारतको कोलकत्ताबाट रेलको यात्रा गरेर नेपाल फर्कदै थिए ।

Advertisement

यसअघि बुधबारपनि हेल्थ डेस्कमा ५५ जनाको एन्टिजेन जाँच गर्दा एक भारतीय नागरिकमा पनि कोरोनाको नयाँ भेरिएन्ट जेएन.१ को संक्रमण पुष्टि भएको थियो । कोलकत्ताबाटै रेलको यात्रा गरेर रक्सौल हुदैं काठमाडौं घुम्न आएको भारतीय पर्यटकहरुको समुहमा रहेकाहरुको एन्टिजेन जाँच गर्दा कोलकत्ता निवासी २५ वर्षिय युवकमा कोरोनाको नयाँ भेरिएन्ट जेएन.१ को संक्रमण पुष्टि भएको ठाकुरले बताए।

बिहीबार कोरोना संक्रमण पुष्टि भएका धादिङका पुरुषलाई वीरगन्जकै नारायणी अस्पतालको आइशोलेसन वार्डमा लगेर राखिएको जानकारी ठाकुरले दिए । बुधबार संक्रमण पुष्टि भएका भारतीय युवकलाई भने बुधबार नै भारतीय प्रहरीको जिम्मा लगाएर नाकाबाट भारत फर्काइएको उनले बताए ।
संक्रमण पुष्टि भएका दुवै जनाको स्वाब नमूना जिन सिक्वेन्सीङको लागि जनकपुरस्थित प्रादेशीक स्वास्थ्य प्रयोगशालामा पठाइएको जानकारीपनि ठाकुरले दिए । वीरगन्ज नाकामा चालु आर्थिक वर्षमा पहिलो पटक दुई जनामा कोरोनाको संक्रमण भेटिएको ठाकुरले बताए ।

ठाकुरका अनुसार , छिमेकी मुलुक भारतका विभिन्न प्रान्तमा कोरोनाको नयाँ भेरियन्ट जेएन.१ को संक्रमण फैलिँदै गएपछि नेपाल प्रवेश गर्ने मुख्य स्थल नाका वीरगन्जमा निगरानी बढाइएको छ ।

कोरोना संक्रमणको पहिलो लहरदेखि नै वीरगन्ज नाकामा सञ्चालित हेल्थ डेस्कमा पुष महिना सुरु भएदेखि नै भारतबाट आउनेहरुको स्वास्थ्य जाँच गर्न थालिएको हो ।भारतबाट रेल , बस र निजी सवारीमा लामो यात्रा गरेर आउनेहरुलाई वीरगन्ज नाकामा हेल्थ डेस्कका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परिक्षण गरेपछि मात्रै भित्रिन दिने गरेका छन् ।

हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीका अनुसार, भारतबाट लामो यात्रा गरेर आउनेहरुलाई नाकामा रोकेर सुरुमा स्क्रिनिङ गरिन्छ । त्यसक्रममा ज्वरो वा खोकीको लक्षण देखिएकाहरुको एन्टिजेन जाँच गरिन्छ ।
ठाकुरलले भने,‘ भारतमा पुनः संक्रमण बढेपछि नाकामा हामीले निगरानी र सतर्कता बढाएका छौं । तर अहिलेसम्म दुई जनामा मात्र कोभिड पोजेटिभ भेटिएको छ।

भारतबाट आउने सबैको स्वास्थ्य जाँच गर्न सम्भव नभएकाले रेल, बस वा निजी सवारीमा लामो यात्रा गरेर आउनेहरुको मात्र स्क्रिनिङ गर्ने गरिएको उनले बताए ।स्क्रिनिङ गर्दा शंकास्पद लाग्यो भने उनिहरुको एन्टिजेन टेष्ट गर्ने गरेका छौं, उनले भने । तीन चारदिन यतादेखि भने हेल्थ डेस्कमा दैनिक २०० देखि २५० जनाको स्क्रिनिङ र ५० देखि ६० जनाको एन्टिेजन जाँच गर्दै आएकोपनि उनले बताए ।

नाकाको हेल्थ डेस्कमा दु्ई जना स्टाफ नर्स , तीन जना हेल्थ असिस्टेन्ट , दुई जना ल्याब टेक्निसियन र एक जना ल्याब असिस्टेण्ट गरी ८ जना स्वास्थ्यकर्मीको टोली कार्यरत रहेको जानकारीपनि उनले गराए । मधेसखबर बाट साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *