Categories समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहलाई वीरगन्ज बोलाएर नागरिक अभिनन्दन गरिने

Advertisement

वीरगन्ज । पूर्वराजा ज्ञानेन्द्र शाहलाई वीरगन्जमा बोलाएर नागरिक अभिनन्दन गरिने भएको छ । माघ १३ गते वीरगन्जमा पूर्वराजा शाहलाई वीरगन्जमा नागरिक अभिनन्दन गरिने श्री महराजधिराज ज्ञानेन्द्र बीर बिक्रम साहदेवको स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समितिले जनाएको छ । बिहीबार वीरगन्जमा पत्रकार सम्मेलन गरेर समितिले यस बारे जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा समितिका महासचिव हिराबहादुर चन्दले पूर्वराजा शाह माघ १३ गते बाराको सिमरा हुदैं वीरगन्ज आउने छन् । वीरगन्जको लालबंगला परिसरमा माघ १३ गते विशेष कार्यक्रम गरी नागरिक अभिनन्दन गरिने उनले बताए ।

Advertisement

त्यसअघि पूर्व राजा शाहको माघ ४ गते बाराको महागढीमाई पुजा अर्चना गर्ने कार्यक्रम रहेको जानकारीपनि उनले गराए । माघ २ गते रौतहटको शिवनगरस्थित शिवमन्दिर र त्यसअघि सर्लाहीको बरहथवाको मुक्तेश्वर महादेव मन्दिरमापनि पूर्वराजा शाहले पुजाअर्चना गर्ने कार्यक्रम रहेको महासचिव चन्दले बताए ।

Advertisement

पत्रकार सम्मेलनमा समितिका अध्यक्ष एंव नेपाली कांग्रेस पूराना नेता देबेन्द्रलाल नेपालीले वीरगन्जमा आयोजना गर्न लागिएको पूर्वराजा शाहको नागरिक अभिनन्दन कार्यक्रमलाई भव्य बनाउन अपिल गरे ।

राजनीतिक प्रसंगमा बोल्दै नेृविसंघका संस्थापक संयोजक समेत रहेका नेपालीले अहिलेको संविधान अवैध रहेकाले त्यसलाई खारेज गरी तत्कालीन राजा र राजनीतिक दलले निर्माण गरेको २०४७ को संविधान पुनरस्थापित गर्नका लागि अहिंसक आन्दोलनको तयारी भइरहेको बताए ।

उनले अहिलेको संविधानकै कारण मुलुकको यो दूरदशा भएको भन्दै अब मुलुकमा २०४७ को संविधानको विकल्प नभएको जिकिर गरे । यसका लागि कांग्रेसका केहि सिाित पदाधिकारी बाहेक देशभरका नेता कार्यकर्ता तयार रहेको दाबी उनको थियो ।

वीरगन्जमा माघ १३ गतेको नागरिक अभिनन्दन समारोहलाई सफल पार्न राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय नागरिक संघर्ष समिति, राष्ट्रिय सरोकार मन्च, राष्ट्रिय शक्ति नेपाल, नेपाल राष्ट्रवाद संघ, नेपाल विद्वत परिषद, शिव सेना नेपाल, वीर गोर्खाली अभियान, राष्ट्रवादी शान्ति समुह, मुस्कान सेना नेपाल, राजभक्त राष्ट्रवादी समुह, विश्व हिन्दु महासंघ, राष्ट्रवादी नागरिक समाज, राजसंस्था पुर्नस्थापना संघर्ष समिति, विश्व हिन्दु परिषद लगायतका दल र संगठनका प्रतिनिधिहरु सम्मिलत मूल समारोह समिति गठन गरिएको जानकारीपनि पत्रकार सम्मेलनमा गराइएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *