Categories खेलकुद

श्री शंकर लाल केडिया स्मृति अन्तर विद्यालय फुटबल प्रतियोगिताको फाइनल खेल भोलि

Advertisement

वीरगन्ज । डिएभी केडिया स्कुलद्वारा आयोजित “श्री शंकर लाल केडिया स्मृति अन्तर विद्यालय फुटबल प्रतियोगिता” दोस्रो संस्करणको फाइनल खेलमा मुनलाईट स्कुल र मोर्डन हाई स्कुल भिड्नेछन् ।

आज भएको सेमिफाइनलबाट ती स्कुलले फाइनलमा ठाउँ बनाएका छन् । आजको पहिलो खेल मुनलाईट स्कुल र जीवन ज्योति स्कुल बीच भएको थियो भने दोस्रो खेल साउथ जोन र मोर्डन हाई स्कुल बीच ।

Advertisement

आज भएको पहिलो खेलमा मुनलाईट स्कुलले जीवन ज्योति स्कुललाई ५-१ को अन्तरले पराजित गरेको थियो । म्यान अफ द म्याचको उपाधि मुनलाईटका कृष्ण गोसाइँले आफ्नो नाम गरेका थिए । दोस्रो खेलमा मोर्डन हाई स्कुलले साउथजोन स्कुललाई १-० को अन्तर हराउँदै जित आफ्नो नाम गरेको थियो । म्यान अफ द म्याच मोर्डन हाई स्कुलका निलेश प्रजापति भएका थिए ।

Advertisement

पुष २२ गते देखि शुरु भएको फुटबल प्रतियोगिताको भोलि २७ गते फाइनल खेल हुनेछ । प्रतियोगितामा वीरगन्जका १० वटा विद्यालयले भाग लिएका छन्‌।

डिएभी केडिया स्कुलको प्रांगणमा भइरहेको प्रतियोगितामा आज आर्यन एजुकेसन कन्सलटेन्सीका प्रबन्ध निर्देशक उमेश पंडित, साउथ जोन स्कुलका प्रधानाध्यापक सरोज चौधरी, लिटिल फ्लावर स्कुलका प्रधानाध्यापक सिरिल जैकल, शिखर इन्स्योरेन्सका म्यानेजर नितेश दास लगायतको उपस्थिति रहेको प्रधानाध्यापक राकेश मिश्राले जानकारी गराउनु भयो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *