Categories समाचार

तस्करी गर्दै गर्दा १० लाख रुपैयाँ बराबरको कार सहित मदिरा नियन्त्रणमा

Advertisement

बारा । निजी कारमा भारत तस्करी गर्न लागिएको नेपाली मदिरा बाराको सिमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले बरामद गरेको छ ।

बाराको बिश्रामपुर गाँउपालिका वडा नम्बर ३ स्थित मुसहर्वा सीमानाकाबाट बिहीबार बिहान सशस्त्र प्रहरीले १० लाख रुपैयाँ बराबरको मदिरा र कार बरामद गरेको हो ।

Advertisement

बरैनियास्थित सशस्त्र प्रहरी बोर्डआउट पोष्टको टोलीले नेपालबाट तस्करी गरेर भारतर्तफ लैजार्दै गरेको कस्तुरी ब्राण्डको मदिरा १८ कार्टुन बरामद गरेको हो ।सशस्त्र प्रहरी निरीक्षक दिपक थापाको नेतृत्वमा खटिएको टोलीले मुसहर्वा सीमानाकाबाट युपी ८ बिजे ६०७० नमबरको कार रोकेर खानतलाशी गर्दा उक्त कारबाट मदिरा बरामद भएको हो ।

Advertisement

कारका चालक भने फरार भएको सशस्त्र प्रहरी निरीक्षक थापाले बताए । बरामद मदिरासहितको कारको १० लाख १८ हजार रुपैयाँ मुल्यांकन गरी आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *