Categories राजनीति

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत चयन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत चयन भएका छन्।

टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनबाट अध्यक्षमा चौधरी सर्वसम्मत चयन भएका हुन्।

Advertisement

यसअघि चौधरी पार्टीको संरक्षक थिए भने अध्यक्षमा उनकी पत्नीसमेत रहेकी रञ्जिता श्रेष्ठ चौधरी थिइन्।

Advertisement

रञ्जिता अहिले संघीय सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छिन्।

टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका बेला रेशमले रञ्जिताको नेतृत्वमा दल बनाएकादथिए।राष्ट्रपतिबाट बाँकी कैद मिनाहा पाएर छुटेपछि रेशम पार्टी राजनीतिमा सक्रिय छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *