Categories खेलकुद

`श्री शंकर लाल केडिया स्मृति अन्तर विद्यालय फुटबल प्रतियोगिता´दोस्रो संस्करणको उपाधि मोर्डन स्कुललाई

वीरगन्ज । डिएभी केडिया स्कुलद्वारा आयोजित “श्री शंकर लाल केडिया स्मृति अन्तर विद्यालय फुटबल प्रतियोगिता” दोस्रो संस्करणको उपाधि मोर्डन हाई स्कुलले आफ्नो नाम गरेको छ ।

आज भएको फाइनल खेलमा कडा प्रदर्शन बीच मुनलाईट स्कुललाई १-० को अन्तरले हराउँदै मोर्डन हाई स्कुलले जित आफ्नो नाम गरेको छ ।

Advertisement

विजेता स्कुललाई ट्रफी, मेडल र सिद्धार्थ बैकको तर्फबाट १५ हजार नगद प्रदान गरिएको थियो भने उप विजेता स्कुललाई ट्रफी, मेडल र सिद्धार्थ बैकको तर्फबाट १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

Advertisement

पुष २२ गते देखि शुरु भएको फुटबल प्रतियोगिताको आज समापन भएको हो । प्रतियोगितामा वीरगन्जका १० वटा विद्यालयले भाग लिएका छन्‌।

भारतीय महावाणिज्यदूत वीरगन्जका डिएस मिनाको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा प्रदीप केडिया, डाक्टर बिजय अग्रवाल, संदिप केडिया, प्रकाश वर्मा, दिपक तुल्सयान, विभिन्न स्कुलका प्रधानाध्यापकलगायतको उपस्थिति रहेको प्रधानाध्यापक राकेश मिश्राले जानकारी गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *