Categories खेलकुद

साेनार प्रिमियर लिग टी-२० काे उपाधि महावीर युवा अभियानलाई

Advertisement

वीरगन्ज । वीरगन्जमा आयाेजित साेनार प्रिमियर लिग टी-२० क्रिकेटको उपाधि महावीर युवा अभियानले जितेकाे छ ।

आदर्शनगर रंगशालामा शनिबार भएकाे फाइनल खेलमा घण्टाघर स्टारलाई ११ रनले हराँउदै महावीर युवा अभियानले उपाधीसंगै नगद ५० हजार रुपैयाँ पुरस्कारपनि जितेको हाे। उपविजेता घणटघर स्टारले भने नगद ३० हजार रुपैयाँमै चित्त बुझाएको छ।

Advertisement

पहिले व्याटिङ गरी महावीर युवा अभियानले दिएकाे ११५ रनकाे लक्ष्य पछ्याँउदै जवाफी व्याटिङमा उत्रिएको घण्टाघर स्टारले पुरा २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १०३ रनमात्रै बनाउन सकेपछि उपाधि महावीर युवा अभियानकाे पाेल्टामा गएकाे हाे।

Advertisement

त्यसअघि टस हारेर पहिले व्याटिङकाे निम्ताे पाएकाे महावीर युवा अभियानले १९.३ ओेमरमा अलआउट हुदैं ११४ रनकाे याेगफल तयार पारेकाे थियाे।

प्रतियाेगिताकाे सर्वाेत्कृट व्याटर घाेषित ओम वारियरका ओम सर्राफलाई चाँदीकाे ब्याट र सर्वाेत्कृट बलर घाेषित महावीर युवा अभियानका विकास सर्राफलाई चाँदीकाे बल प्रदान गरियाे।

प्रतियोगिताको सर्वाेत्कृट खेलाडी घण्टाघर स्टारका सन्दीप सर्राफ घाेषित भए।

प्रतियोगिताको समापन समाराेहमा जिल्ला समन्वय समिति पर्साका सभापति अजय सर्राफले उपाधि विजेता र उपविजेता टिमका खेलाडीलाई कप र नगद पुरस्कार प्रदान गरे।त्यसअवसरमा जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ,नेपाली कांग्रेसका नेता विजय सर्राफ, नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य निरज सर्राफ, मधेस प्रदेश महासचिव प्रवेश सर्राफ, पर्सा अध्यक्ष भुलन सर्राफ लगायतकोपनि उपस्थिति थियाे।

गत शनिबारदेखि पर्सा सुनचाँदी कालीगढ संघले आयाेजना गरेकाे प्रतियोगितामा ८ वटा टिमले भाग लिएका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *