Categories समाज

साहिब दरबारद्वारा नारायणी अस्पतालमा बिरामी र कुरुवाहरुलाई कम्बल वितरण

Advertisement

वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालमा एक संस्थाले बिरामी र कुरुवाहरुलाई कम्बल वितरण गरेकाे छ ।

साहिब दरबार नामक संस्थाले शनिबार अस्पतालमा भर्ना भई उपचाररत बिरामी र तीनका कुरुवा गरी १५० जनालाई कम्बल बाँडेकाे हाे । अस्पतालका विभिन्न वाडमै पुगेर बिरामी र कुरुवाहरुलाई कम्बल वितरण गरिएको साहिब दरबारका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिए।

Advertisement

मधेसमा अहिले बढ्दाे जाडाेमा बिरामी र तीनका कुरुवाहरुलाई चिसाेले समस्या भएपछि त्यसैलाई मध्यनजर गरी कम्बल बाँडिएको सहनीले बताए ।

Advertisement

अस्पतालमा कम्बल बाँड्न गएकाे टाेलीमा अध्यक्ष सहनीसंगै वीरगन्ज महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार, साहिब दरबारका सदस्यहरू प्रेमबाबु पटेल , अन्नपुर्णा सिंह , दिपा श्रेष्ठ , रोशन पटेल , वकिल मियाँ , समिम अंसारी , हफिज मियाँ , पुष्पराज कोइरालासमेतको उपस्थिती रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *