Categories अपराध

झारफुकको बहानामा १३ वर्षीय बालिकालाई बलात्कार गर्ने एक जना पक्राउ

Advertisement

बारा । बारामा १३ वर्षीय बालिकालाई बलात्कार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाराको महागढीमाई नगरपालिका वार्ड नम्बर -२ मा बस्ने  अन्दाजी ३० वर्षीय अकाश मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

उनले झारफुक गर्ने ठाउँमा कोही नभएको मौका छोपी १३ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोप छ ।

Advertisement

पीडित नाबालिकाले मण्डलविरुद्ध दिएको किटानी जाहेरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

प्रहरीले पीडित भनिएकी बालिकाको कलैयास्थित प्रादेशिक अस्पतालमा मेडिकल जाँच गराएर आरोपित लाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य अगाडि बढाएको प्रवक्ता न्यौपानेले बताए । साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *