Categories समाचार

स्वर्गीय गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कारबाट पत्रकार बृजलाल पासवान पुरस्कृत

Advertisement

वीरगन्ज । यस वर्षको स्वर्गीय गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार वीरगन्जका पत्रकार बृजलाल पासवान पुरस्कृत भएका छन् ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाले साेमबार आयाेजना गरेकाे कार्यक्रममा प्रमुख अतिथि पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य अजय चाैरसियाले नगद ५० हजार राशीकाे उक्त पुरस्कारसहित कदरपत्र पासवानलाई प्रदान गरे।त्यस अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चाैहान, पर्सा अध्यक्ष अनुप तिवारी ,पुर्व अध्यक्ष अशाेक तिवारी ,स्व. गिरीका सुपुत्र गिरिश गिरी, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल, प्रहरी उपरीक्षक काेमलविक्रम शनह, सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्य लगायतले पुरस्कृत पासवानलाई दाेशल्ला ओेढाएर सम्मानित गरे।

Advertisement

पुरस्कृत पासवान राष्ट्रिय सहारा दैनिकका कार्यकारी सम्पादक तथा राष्ट्रिय दलित पत्रकार संघ पर्साका सल्लाहकार पनि हुन् ।

Advertisement

पत्रकार महासंघ पर्साका अध्यक्ष तिवारीकाे अध्यक्षतामा भएकाे पुरस्कार वितरण कार्यक्रममा प्रेस युनियनका केन्द्रीय सदस्य निलिमा पाैडेल, जिल्ला अध्यक्ष विजय चाैहान,प्रेस चाैतारीका जिल्ला अध्यक्ष तुलसी भण्डारी ,सााजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष मनाेज पटेल, बानका मधेस प्रदेश अध्यक्ष आशीक अन्सारी,नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष तिवारी यादव, नेकपा एकिकृत समाजवादीका वीरगन्ज अध्यक्ष मनाेज चाैधरी लगायतकोपनि उपस्थिति थियाे।

स्व. गिरी २०४७ सालमा पत्रकार महासंघ पर्सा शाखाको अध्यक्ष थिए । तत्कालिन वीरगन्ज उपमहानगरको मनोनित मेयर रहँदा २०६० साल माघ १ गते तत्कालिन माओवादीले गोपाल गिरीको हत्या गरेको थियो । उनै गिरीको सम्झनामा नेपाल पत्रकार महासंघ पर्साले यो पुरस्कार वितरण गर्दै आएको अध्यक्ष तिवारीले जानकारी दिए ।

यो पुरस्कारबाट यसअघि शत्रुघन नेपाल, ध्रुब साह, प्रताप श्रेष्ठ, महेशचन्द्र गौतम, बिजय भण्डारी, केसी लामिछाने, श्याम बन्जारा, ओमप्रकाश खनाल, कन्हैयालाल केसरी र गया यादव पुरस्कृत भइसकेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *