Categories शिक्षा

वीरगन्ज महानगर भित्रका विद्यालयहरु माघ ४ गतेसम्म थप तीन दिनका लागि बन्द

वीरगन्ज । चिसो घट्नुको सट्टा झन बढ्दै गएपछि वीरगन्ज महानगरपालिका विद्यालयहरु थप तीन दिनका लागि बन्द गरिएको छ ।

तराई–मधेसमा दुई साता यता चिसो बढ्दै गएका कारण जनजिवन प्रभावित भएको छ।हुस्सु लाग्नुका साथै शीतलहरपनि चल्न थालेपछि खासगरी बृद्धबृद्धा, बालबालिका र दैनिक ज्याला मजदुरीमा काम गर्नेहरुलाइ बढी सास्ती भएको छ ।

चिसो बढेपछि विद्यालयमा बालबालिकालाई पठनपाठनमा समस्या भएपछि वीरगन्ज महानगरपालिकाले यसअघि पुष २३ देखि पुष २९ गतेसम्म महानगरका सम्पूर्ण विद्यालयहरु बन्द गरेको थियो ।

सोमबार माघ १ गते सार्वजनिक विदापछि माघ २ गतेदेखि पठनपाठन सुचारु हुनेभनिएपनि चिसो झन् बढ्नुका साथै शीतलहरपनि चल्न थालेपछि महानगरपालिकाले माघ २ गते मंगलबारदेखि माघ ४ गते बिहीबारसम्म थप तीन दिनका लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरेको महानगरको शिक्षा नियमन समितिका संयोजक इश्वरचन्द्र यादवले जानकारी दिए।

माघ ५ गते मधेस प्रदेशमा बलिदानी दिवसको सार्वजनिक विदा दिइएको र माघ ६ गते शनिबार परेकाले अब महानगरका विद्यालयहरु माघ ७ गतेदेखिमात्रै नियमित रुपमा सञ्चालनमा आउने यादवले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *