Categories समाचार

मधेश सरकारले आज स्वाभिमान दिवस मनाउँदै

वीरगन्ज । आज माघ ३ गते । आजको दिनलाई मधेश सरकारले आज स्वाभिमान दिवसको रुपमा मनाउन लागेको छ । ३ माघ २०७८ मा आजकै दिन तत्कालीन ‘प्रदेश नं. २’ को नाम मधेश प्रदेश नामाकरण र स्थायी राजधानी जनकपुरधाम प्रदेशसभा बैठकबाट पास भएको अवसर पारेर स्वाभिमान दिवस मनाउन लागेको हो ।

गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको थियो ।

Advertisement

आज मधेश सरकारले जनकपुरधाम स्थित महेन्द्र नारायाण निधि मिथिला संस्कृति केन्द्रमा बिहान ११ बजे स्वाभिमान दिवस मनाउने तथा मुख्यमन्त्री सरोजकुमार यादवको एकवर्षे कार्यकालको प्रमुख कार्यविवरण सार्वजनिक गर्ने कार्यक्रम आयोजन गरेको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *