Categories अर्थ

तोलामा १२ सयले घट्यो सुनको मूल्य

वीरगन्ज । आज बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधवार छापावाल सुन मंगलबारको तुलनामा प्रति तोला १ हजार २०० रुपैयाँ घटेको जनाएको छ।

आज बजारमा छापावाल सुन प्रति तोला १ लाख १८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार यही सुन प्रतितोला १ लाख १९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

तेजाबी सुन भने प्रतितोला १ लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

चाँदीको मूल्य पनि घटेको छ। मंगलबारको तुलनामा १५ रुपैयाँ घटेर कारोबार भइरहेको छ । चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *