Categories समाचार

ठुलो परिमाणमा लागू औषध सहित रिक्सा चालक पक्राउ

Advertisement

वीरगन्ज । वीरगन्जमा प्रहरीले ठुलो परिमाणमा नेपालमा प्रतिबन्धित लागू औषध सहित एक जना रिक्सा चालकलाई पक्राउ गरेको छ ।

लागू ओैषधसहित पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैया बस्ने वर्ष ५० वर्षिय बब्लुलाल कर्ण रहेका छन्।

Advertisement

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर पानीटंकीस्थित सडक चेकजाँच गर्ने क्रममा रिक्सामा पहेलो रंगको झोलामा लुकाई छिपाई राखिएको लागु औषध नुरफिन ५ सय एम्पुल, फेनारगन ५ सय एम्पुल र डाइजेल्याब ५ सय एम्पुल गरी  १५ सय एम्पुल लागू ओैषध फेला परेपछि उक्त रिक्साका चालक कर्णलाई  जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।

Advertisement

लागु औषध सहित पक्राउ परेका कर्णलाई जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखेर लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भईरहेको थापाले बताए  ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *