Categories समाचार

राम मन्दिरको प्राण–प्रतिष्ठाका दिन वीरगञ्जमा माछा मासु र मदिरा बिक्री गर्न नपाइने

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी माघ ८ गते एक दिनका लागि महानगर क्षेत्र भित्र पशुपन्छी, जीवजन्तु आदिको वध, मदिरा, माछासामुको बिक्री वितरण लगायतका कार्य नगर्न निर्देशन दिएको छ ।

बुधवार एउटा सूचना जारी गर्दै वीरगञ्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले यस्तो निर्देशन दिएका हुन् ।

Advertisement

मित्र राष्ट्र भारतको उत्तर प्रदेशस्थित अयोध्यामा नवनिर्मित श्रीराम मन्दिरको प्राण–प्रतिष्ठाको अवसर पारी सोही दिन वीरगञ्जस्थित घडिअर्वा पोखरीको दक्षिण ढोकातर्फ रहेको श्री रामजानकी मन्दिरमा भगवान् रामको मूर्ति स्थापना तथा प्राण–प्रतिष्ठा गर्ने कार्यक्रम रहेकोले माघ ८ गतेका दिन वीरगञ्ज महानगर क्षेत्र भित्र पशुपन्छी, जीवजन्तु आदिको वध, मदिरा, माछा मासुको बिक्री वितरण लगायतका कार्य नगर्न जारी सूचनामा लेखिएको छ ।

Advertisement

कर्णले महानगरको निर्देशनलाई नमान्नेलाई कारबाही गर्ने समेत चेतावनी समेत दिएका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *