Categories समाचार

मधेश जनबिद्रोह समितिद्वारा बहुवरीमा मनाईयो बलिदानी दिवस

Advertisement

वीरगंज । मधेश जनबिद्रोह केन्द्रिय समितिले बाराको परवानीपुर गाउँपालिका वडा नं. ५ बहुवरीमा शुक्रवार बलिदानी दिवस मनाएको छ ।

बलिदानी दिवसको अवसरमा आयोजित सो कार्यक्रममा मधेश जनबिद्रोह समितिका केन्द्रिय सदस्य अजय पटेलले मधेश आन्दोलनको नाम भजाएर भोट लिएका राजनीति दलका नेताहरुले मधेशलाई कमाई खाने भाडो मात्र बनाएको आरोप लगाए । सो अवसरमा मधेश आन्दोलनका शहिद परिवारहरुको घरमै पुगेर आफुहरुले हरेक वर्ष सक्दो सहयोग गर्ने गरेको चर्चा गर्दै देशमा गणतन्त्र आए पनि अनियमित्ता, भ्रष्टाचार, बेतिथिहरु बढदै गएकोमा चिन्ता व्यक्त गरेका थिए ।

Advertisement

उनले समग्र मधेश एक स्वायत प्रदेश लागु गर्नु पर्ने, आत्मनिर्णयको अधिकार लागु गर्ने पर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणली लागु गर्नु पर्ने, भौगोलिक, भाषिक, साँस्कृतिक एकरुपताको निर्वाचन क्षेत्र गठन गर्नु पर्ने, संविधानको पूर्णलेखन गर्नु पर्ने, क्षेत्रिय भाषा सँस्कृतिको संवैधानिक प्रत्याभुति गर्नु पर्ने, प्रत्येक निकायमा मधेशको समानुपातिक प्रवेशको प्रत्याभुतिको माग समेत गरेका थिए ।

Advertisement

समितिका केन्द्रिय सदस्य अजय पटेलको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि शहिद धर्मराज सिंहका बुवा प्रभु सिंह, विश्व हिन्दू महासंघ पर्साका अध्यक्ष नन्दन भारतद्वाज, समाजसेवी रामेश्वर पटेल, समितिका सदस्य गणेश साह कानु, ललन पटेल, यज्ञदेव शास्त्री, पर्सा खेलकुद संघका प्रशिक्षक बिशेश्वर पटेल लगायतकाले आ–आफ्ना मनतव्य व्यक्त गरेका थिए ।

सो अवसरमा बारा र पर्सा जिल्लाका विभिन्न स्कूलका विद्यार्थीहरु बीच २ सय मिटरको दौड प्रतियोगिता समेत सम्पन्न भएको थियो । सो प्रतियोगितामा प्रसौनी गाउँपालिका वडा नं. १ का अमरेन्द्र पटेल प्रथम, पर्साको पर्सागढी नगरपालिका वडा नं. ४ स्थित बर्वाछटौली माध्यमिक विद्यायका मुमताज अंसारी द्वितिय र सोही स्कूलका सदाम अंसारी तृतिय स्थान हासिल गरेका थिए ।

विजयीहरुलाई कार्यक्रमका अध्यक्षता गरिरहनु भएका पटेलले गम्छा ओढाई शिल्ड र प्रमाणपत्र वितरण गरेका थिए । सो कार्यक्रमको सञ्चालन स्लोनी पटेलले गरेकी थिईन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *