Categories समाचार

समाजवादी प्रेस संगठन पर्साको जिल्ला सम्मेलन माघ १२ गते गर्ने निर्णय

Advertisement

वीरगंज । समाजवादी प्रेस संगठन नेपाल पर्साको कार्यसमिती बैठक शनिबार वीरगंजमा सम्पन्न भएको छ । संगठन पर्साका अध्यक्ष मनोज पटेलको अध्यक्षतामा बसेको बैठकले यहि माघ १२ गते जिल्ला सम्मेलन गर्ने सर्वसहमतीबाट निर्णय गरेको छ ।

साथै बैठकले जिल्ला सम्मेलन तयारीको लागि संगठन पर्साका उपाध्यक्ष शम्भु कुमार सुमनको संयाेजकत्वमा ११ सदस्यीय सम्मेलन आयोजक समिती गठन गरेको छ । सम्मेलन आयोजक समितिको सदस्यमा प्रकृति अधिकारी, विनोद पटेल, हरिशंकर शर्मा, संताेष साह, श्याम सर्राफ, श्याम पासवान, राजु साह, सरोज पटेल, श्रवण साह लगायतका रहेका छ्न ।

Advertisement

यसका साथै जिल्ला सम्मेलन अघावै संगठन पर्साका सदस्यहरुको सदस्यता नविकरण र नयाँ सदस्यता वितरण ३ दिन भित्र गर्न निर्णय गरेको छ र त्यसको सम्पुर्ण जिम्मेवारी सम्मेलन आयोजक समितिका संयाेजक सुमनलाई दिने बैठकको निर्णय छ ।

Advertisement

यसैगरी बैठकले माघ १२ गते नै वीरगंजमा बस्ने संगठनका केन्द्रिय पदाधिकारी बैठक संगनका केन्द्रिय महासचिव राम कुमार ऎलन, केन्द्रिय सचिव वृजलाल पासवान, केन्द्रिय सदस्य रेबिन्द्र कार्की र सल्लाहकार संजय साहकाे समन्वयमा बैठक ब्यवस्थापन र स्वागत गर्ने निर्णय गरेको छ ।

वीरगंजस्थित नेपाल पाेस्ट डेलिको कार्यालयमा बसेको बैठकमा नेकपा एकीकृत समाजवादी पर्साका अध्यक्ष बालगोपाल थापा, वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, समाजवादी प्रेस संगठन नेपाल केन्द्रिय सचिव वृजलाल पासवान, सल्लाहकार संजय साह लगायतको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *