Categories समाचार

जगरनाथपुर गाँउपालिकाका विद्यालयहरुमा थप ६ दिन जाडाे विदा

Advertisement

वीरगन्ज । चिसाे झन् बढ्दै गएपछि पर्साकाे जगरनाथपुर गाँउपालिकालेपनि विद्यालयहरुमा फेरि ६ दिनका लागि जाडाे विदा दिएको छ।

तराई-मधेसमा केहि हप्तायता हुस्सु लाग्नुका साथै शीतलहरपनि चलेर चिसाे झन् बढ्दै गएका कारण जनजिवन प्रभावित भएकाे छ। यसले विद्यालयमा बालबालिकालाई पठनपाठनमा समस्या भएकाले त्यसैलाई मध्यनजर गरी जगरनाथपुर गाँउपालिकाले माघ ७ गते आइतबारदेखि थप ६ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेकाे हाे।

Advertisement

गाँउपालिकाका शिक्षा शाखा प्रमुख अशाेक कुमार सिंहले शुक्रबार जारी गरेकाे सार्वजनिक सुचनामा बढ्दाे जाडाेका कारण बालबालिकाकाे स्वास्थ्यमा प्रतिकुल असर पार्न सक्ने भएकाले माघ ७ गतेदेखि माघ १२ गते सम्मका लागि पालिकाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा जाडाे विदा दिने निर्णय गरिएकाे उल्लेख छ।

Advertisement

यसअघि जगरनाथपुर गाँउपालिकाले नै पुष २४ देखि पुष २९ गतेसम्मका लागि विद्यालयमा जाडाे विदा दिएकाे थियाे ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *