Rato Pana
समाचार

चिसो बढ्दै गएपछि वीरगन्ज महानगरका विद्यालयहरुमा थप जाडो विदा

वीरगन्ज । चिसो बढ्दै गएपछि वीरगन्ज महानगरपालिकाले विद्यालयहरुमा जाडो विदा थपेको छ । शीतलहरसंगै बढ्दै गएको चिसो मौसमलार्य मध्यनजर गर्दै वीरगन्ज महानगरपालिकाले विद्यालयहरुमा थप ३ दिनका लागि जाडो विदा दिएको हो ।

आइतबार महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अर्विन्दलाल कर्णले आइतबार जारी गरेको सूचनामा माघ ८ गते सोमबारदेखि माघ १० गतेबुधबारसम्म थप तीन दिन वीरगन्ज महानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा जाडो विदा दिइएको उल्लेख छ ।

यसअघि महानगरपालिकाले पहिलो पटक पुष २३ गतेदेखि पुष २९ गतेसम्म ७ दिन र त्यसपछि माघ २ गतेदेखि माघ ४ गतेसम्म जाडो विदा थप गरेको थियो ।

तराई–मधेसमा दुई साता यता चिसो बढ्दै गएका कारण जनजिवन प्रभावित भएको छ।हुस्सु लाग्नुका साथै शीतलहरपनि चल्न थालेपछि खासगरी बृद्धबृद्धा, बालबालिका र दैनिक ज्याला मजदुरीमा काम गर्नेहरुलाइ बढी सास्ती भएको छ ।

सम्वन्धित समाचार

Leave a Comment