Categories समाचार

बिलबिजक भन्दा बढी आलु र प्याज लोड रहेको मिनी ट्रक प्रहरीको नियन्त्रणमा

वीरगञ्ज । बिलबिजक भन्दा बढी आलु र प्याज लोड रहेको मिनी ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीरगञ्जबाट मकवानपुरतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख् ०३३२ नम्बरको मालवाहक मिनी ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

चेकजाँचको क्रममा विलविजक शंकास्पद देखिएपछि अनुमानित १ लाख २४ हजार ५ सय ६० रुपैयाँ बराबरको आलु र प्याजसहित मिनी ट्रक नियन्त्रणमा लिइएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

उनकाअनुसार नियन्त्रीत ट्रकलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *