Categories समाचार

श्रीराम उत्सव अयोध्यामा, उल्लास वीरगन्जमा

Advertisement

वीरगन्ज । ‘जय श्री राम’ को जयजयकार अहिले सामाजिक सञ्जालदेखि लिएर चौतर्फी रूपमा छाएको छ। अयोध्यामा राम मन्दिरको उद्घाटन भइरहँदा उल्लास नेपालभरि नै छाएको छ।

सार्वजनिक चोकहरू होस् वा चियापसलहरू चारैतिर अहिले चर्चाको प्रमुख विषय नै भारतको अयोध्यामा राम मन्दिरको स्थापना र सोमबार भव्यताका साथ रामललाको प्रतिमालाई प्राण प्रतिष्ठा दिइने विषय हो।

Advertisement

त्रेतायुगमै नेपाल र भारतको सांस्कृतिक सम्बन्ध जोडिएको थियो। र, सोही सम्बन्धका कारण अयोध्यामा उत्सव छाएका बेला नेपाल पनि उल्लासमय बनेको छ।

Advertisement

विशेषगरी मधेस प्रदेश भरी नै राम मन्दिरको निर्माण र रामललाको प्राणप्रतिष्ठालाई लिएर विशेष उत्साह छ। मधेस प्रदेशका अधिकांश स्थानीय तहहरूले राम मन्दिरमा प्राणप्रतिष्ठाको दिनका अवसरमा उत्सव र दीपावली नै मनाउन सार्वजनिक अपिल गरेको छ।

https://fb.watch/pJGPFnNlAR/?mibextid=2JQ9oc

वीरगन्ज महानगरमा रहेका हरेक मठमन्दिरलाई सजावट गरी आकर्षक पारिएको छ । मुख्य बजार क्षेत्रका सडकका साथै घरघरमा ‘जय श्रीराम’ लेखिएको झन्डा झुन्ड्याइएको छ। महानगरका घरघरमा सोमबारसाँझ दियो बालेर दीपावली पनि मनाउने तयारी गरिएको छ।

वीरगन्जको मुख्य धार्मिकस्थल प्रसिद्ध शक्तिपीठ माईस्थानको गहवामाई मन्दिर प्रांगणमा सोमबार साँझ १ लाख २५ हजार दियो बालेर भव्य दीप प्रज्वलन कार्यक्रम पनि राखिएको कार्यक्रमका संयोजक सन्जय सर्राफले जानकारी दिए। दीप प्रज्वलनसँगै महाआरती र हनुमान आराधनाको कार्यक्रम पनि गरिने उनले बताए। यस्तै झन्डै पाँच दशक पुरानो वीरगन्जकै घडीअर्वास्थित श्रीरामजानकी मन्दिरमा अयोध्याको नवनिर्मित राम मन्दिरको उद्घाटनकै दिनको अवसर पारेर सोमबार भगवान् राम, सीता र हनुमानको मूर्तिको प्राण प्रतिष्ठा गरिँदैछ। त्यसका लागि महानगरपालिकाको आयोजनामा भव्य तयारी गरिएको छ।

तीन दशकदेखि निजी व्यक्तिको कब्जामा रहेको उक्त रामजानकी मन्दिरलाई महानगरपालिकाले हालै अतिक्रमणमुक्त गरी सौन्दर्यकरण गरेर सोमबार भगवान् राम, सीता र हनुमानको मूर्तिको प्राण प्रतिष्ठा गर्न लागेको हो। अयोध्यामा श्रीराम मन्दिरको उद्घाटनकै दिनको अवसर पारेर रामजानकी मन्दिरमा भगवान् राम, सीता र हनुमानको मूर्तिको प्राण प्रतिष्ठा गर्न लागिएको वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले बताए। उनका अनुसार, प्राण प्रतिष्ठाको दिन सोमबार बिहान ८ बजे भव्य कलश यात्रा निकालिन, दिनभर प्राणप्रतिष्ठाको सम्पूर्ण पुजन विधि हुने, सवालाख बत्ती बालिने तथा साँझ महाआरती आयोजना गरेर प्रसाद वितरण गर्ने कार्यक्रम पनि रहेको उनले बताए । रामजानकी मन्दिरमा सोमबार हुने भगवान् राम, सीता र हनुमानको मूर्तिको प्राण प्रतिष्ठामा सहभागी हुन महानगरवासीलाई मेयर सिंहले सार्वजनिक आह्वानसमेत गरेका छन्।

https://fb.watch/pJGSUL1XJb/?mibextid=2JQ9oc

अयोध्याको राम मन्दिर उद्घाटनकै खुसियाली मनाउन वीरगन्जमा विश्व हिन्दू परिषद्ले पनि भव्य तयारी गरेको छ। परिषद्का पर्सा सचिव बिक्की सर्राफका अनुसार, अयोध्याको राम मन्दिर उद्घाटनको दिन सोमबार वीरगन्जमा भव्य मोटरसाइकल र्‍यालीका साथै भव्य झाँकी प्रदर्शन गरिनेछ। सोमबार बिहान मोटरसाइकल र्‍यालीसँगै सातवटा ट्रकमा स्टेज बनाएर भगवान् रामको जन्मदेखि वनबासपछि अयोध्या फिर्तीसम्मको कथा वर्णनको झाँकी प्रदर्शन गर्दै नगर परिक्रमा गरिने सर्राफले बताए।

यसका साथै सोमबार साँझ घरघरमा दीप प्रज्वलन गरी पर्सा जिल्लाभरि नै दीपावली गर्न सार्वजनिक आह्वान पनि गरिएको जानकारी सर्राफले जानकारी गराए। संघका सचिव सर्राफले भने, ‘भगवान् राम कुनै यो वा त्यो देशका होइनन्। उनी विश्वभरका हिन्दूका साझा भगवान् हुन्। त्यसमा पनि झन्डै ५ सय वर्षदेखि पालभित्र बसिरहेका रामलल्ला सोमबार आफनै घरमा फर्किंदैछन्। हिन्दूहरूलाई योभन्दा ठूलो खुसी अरू के नै हुन सक्छ र ? त्यही खुसियाली मनाउन वीरगन्जमा पनि भव्य तयारी गरिएको हो।’

https://fb.watch/pJGUyD7qu8/?mibextid=2JQ9oc

राम मन्दिरको उद्घाटन र प्राण प्रतिष्ठाका दिन सोमबार वीरगन्ज महानगरसहित जिल्लाका विभिन्न्न पालिकाहरूमा माछा, मासु र मदिराको बिक्री वितरण र सेवन निषेध गरिएको छ। पर्साको वीरगन्ज महानगरपालिका, बहुदरमाई नगरपालिका, पाेखरिया नगरपालिका, विन्दबासिनी,जगरनाथपुर, धोबिनी, कालिकामाई , पटेर्वा सुगौलीलगायतका गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरेर सोमबार माछा,मासु र मदिराको बिक्री वितरण र सेवन नगर्न निर्देशन दिएका छन्। मधेसखबर बाट साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *