Rato Pana
समाचार

रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिस रोटाको अध्यक्षमा दिपु कुमार वर्णवाल

वीरगञ्ज । रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिस रोटा वर्ष २०२४/२५ को अध्यक्षमा दिपु कुमार वर्णवाल चयन भएका छन् । कार्यसमितिको बैठकले आगामी कार्यकालका लागि अध्यक्षमा वर्णवाललाइ चयन गरेको हो ।

क्लबको अन्य पदाधिकारीहरू भने पछि चयन गरिने रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसले जनाएको छ ।

वर्णवाल यसअघि क्लबका उपाध्यक्ष थिए । उनी क्लबमा स्थापनाकालदेखि नै आवद्ध छन् । उनी क्लबसँगै अन्य सामाजिक संघ संस्थाका साथै सञ्चार कर्ममा पनि सक्रिय छन् । 

सन २०१७ मा स्थापना भएको क्लबले स्थापनाकालदेखि नै पर्सा जिल्लाका विभिन्न स्थानमा सामाजिक काममा सक्रिय हुँदै आएको छ ।
 

सम्वन्धित समाचार

Leave a Comment