Rato Pana
समाचार

राजस्व छलेर वीरगन्जबाट काठमाडाैंतर्फ जाँदै गरेको ट्रक प्रहरी नियन्त्रणमा

वीरगन्ज । वीरगन्जबाट बिलविजकमा उल्लेख गरिएको भन्दा बढी लत्ताकपडा तथा हार्डवेयरका सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चेकबाट चेकजाँचको क्रममा प्रहरीले ना.६ख ८३०५ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

राजस्व छलेर वीरगन्जबाट काठमाडाैंतर्फ जाँदै गरेको उक्त ट्रकलाई चेकजाँच गर्दा विल शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

ट्रकबाट प्रहरीले अनुमानित १ करोड १३ लाख १८ हजार ८९० रुपैयाँ बराबरको सामग्री बरामद गरेकाे उनले बताए । बरामद सामग्रीलाई ट्रकसहित राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको थापाले बताए ।

सम्वन्धित समाचार

Leave a Comment