राैतहट। राैतहटकाे चन्द्रनिगाहपुरमा बसकाे ठक्करबाट एक जनाकाे मृत्युु भएकाे छ। मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका वडा नम्बर ५ का ५५ वर्षिय बाेधनाथ पाैडेल रहेका छन् ।
सर्लाहीबाट चितवन जाँदै गरेकाे बा ३ ख ३४५५ नम्बरको बसले शनिबार बिहान ४ बजे चन्द्रनिगाहपुरकाे जगत पेट्रोलपम्प नजिकै ठक्कर दिदाँ पाैडेलकाे घटनास्थलमै मृत्युु भएको हाे।बिहान मर्निङ वाकमा निस्किएका पाैडेललाई बसले ठक्कर दिएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय राैतहटका प्रहरी निरीक्षक सुशील आचार्यले जानकारी दिए।
ठक्कर दिने बस र त्यसका चालक चन्द्रपुर नगरपालिका ४ का विजय राईलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






