Categories समाचार

बीरगंजको मुली नयाँ टोलमा नवनिर्मित मदर्सा भवनको पुर्वमन्त्री यादवद्वारा उद्घाटन

Advertisement

बीरगंज । बीरगंज महानगरपालिकाको वडा नं.१२ मुर्ली नयाँ टोलमा रहेको नवनिर्मित मदर्सा भवनको पूर्वमन्त्री प्रदिप यादवले एक कार्यक्रमका बिच उद्घाटन गरेको छन् । नव निर्मित मदर्सा रिजविया ईशलाउल मुस्लेमिनको भवनको पर्सा निर्वाचन क्षेत्र १ का संघिय सांसद समेत रहेका पूर्वमन्त्री यादवले रिवन काटेर शनिवार उद्घाटन गरेका हुन् भने भवनको मुल गेटमा निर्माण गरिएको सिलालेखको समेत आवरण गरेका हुन् ।

अनजुमन सदर सैयद अंसारी एवं सेकेट्री नेजामोदिन मास्टरको अध्यक्षता एवं पूर्वमन्त्री यादवको प्रमुख आथित्यामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा बीरगंज महानगरपालिका मेयर राजेशमान सिंह,पूर्ववडा अध्यक्ष तुफान अंसारी,नुनआलम अांसारी,नयाँ टोल स्पोर्ट क्लबका अध्यक्ष फारुख अंसारी लगायतका स्थानिय भद्र भलादमी एवं वडाका अगुवा समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

Advertisement

सांसद प्रदिप यादवको संसदीय कोषको १० लाख,बीरगंज महानगरपालिकाको १० गरी २० लाखको बजेट एवं थोरै स्थानिय श्रमदानबाट निर्माण सम्पन्न भएको भवनले वडाको विकासमा थप टेवा पुगेको स्थानिय अगुवाहरुले बताए ।

Advertisement

भवनको उद्घाटनपछि भवनमै स्थानियहरुसँग छलफल गर्दै सांसद यादवले समुदायिक भवनको रुपमा समेत प्रयोग गर्न सक्ने भवनको बिजुली वत्तीको व्यवस्थापन एवं माथिको तल्लाको निर्माणमा समेत आफ्नो सहयोग एवं पहल रहने कुरामा जोड दिए । उनले विकासको काममा सबै स्थानियहरु वाडावासी एकजुट भएर अगाडी बढनु पर्ने कुरामा जोड दिए ।

कार्यक्रममा भवन निर्माण भएकोमा स्थानियहरुलाई बधाई दिदै बीरगंज महानगरपालिका मेयर राजेशमान सिंहले वडाको समग्र विकासमा थप कामहरु अगाडी बढाउने प्रतिब्धता व्यक्त गरे । भवनको उद्घाटनपछि स्थानिहरुको आग्रहमा सांसद यादव एवं महानगरका मेयर सिंहले मदर्सा पछाडी रहेको टोलको अनुगमन गदै बाटो व्यवस्थापन एवं पानी निकासको लागि नाला निर्माणको बिषयमा पनि स्थानियहरुसँग छलफल गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *