Categories खेलकुद समाचार

युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने प्रोत्साहन पुरस्कार पर्साका पत्रकार यादवले पाउने

वीरगन्ज । युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने प्रदेश तर्फको पत्रकारिता प्रोत्साहन पुरस्कार पर्साका पत्रकार तिवारी यादवले पाउने भएका छन् ।

नयाँ पत्रिका दैनिकका पर्सा संवाददाता यादवलाई अगामी माघ १७ गते युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले उक्त पुरस्कार प्रदान युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयले खेलकुद क्षेत्रमा कलम चलाउने क्रियाशील पत्रकारलाई प्रतिस्पर्धाका आधारमा हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ ।

Advertisement

मन्त्रालयले आवेदनको मूल्यांकनका आधारमा मधेस प्रदेशबाट यादवलाई छनोट गरेको हाे। उक्त पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेकाे छ।

यादव नेपाल खेलकुद पत्रकार मन्च पर्साका अध्यक्षपनि हुन्। उनी एक दशक देखि पत्रकारितामा क्रियाशील छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *