Categories समाचार

रचना रिमाल सवार गाडी ट्रकसँग ठोक्कियो

Advertisement

काठमाडौं । गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा परेको छ । आइतबार बेलुका उनी चढेको स्कारपियोलाई विपरित दिशाबाट आइरहेको बाप्र ०३.०१ ख/२११८ को नम्बरको ट्रकले बाँकेको सिक्टा नजिकै ठक्कर दिएको हो ।

उनी नेपालगन्जबाट दाङको लमही महोत्सवमा जाँदै थिइन् । दुर्घटनामा गायिका रिमाल सकुशल छिन् भने उनीसँगै सवार शिवु खनाललाई घुँडामा चोट लागेको छ ।

Advertisement

गायिका रिमालले पनि दुर्घटनामा आफू सुरक्षित रहेको जानकारी सामाजिक संजालबाट दिएकी छन् । उक्त घटनापछि अर्को गाडीमा चढेर रिमाल महोत्सव आयोजनास्थल पुगेकी छन् । उनले आइतबार बेलुका लमही महोत्सवमा प्रस्तुति दिने कार्यक्रम थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *