Categories समाचार

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा चौधरीसहित तीनजना पक्राउ

Advertisement

काठमाडाैँ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणकाे अनुसन्धानका लागि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले आज व्यवसायी अरुण चौधरी, छालाजुत्ता कारखानाका पूर्व कार्यकारी प्रमुख अजितनारायण थापा र कारखाना सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरलाई पक्राउ गरेको हो ।

चाैधरी उद्योगी तथा सांसद  विनोद चाैधरीका भाइ हुन् । यस्तै थापा पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाका भाइ हुन् । 

Advertisement

कारखानाको १० रोपनी जग्गा चौधरी ग्रुपअन्तर्गतको चाँदबाग स्कुल र चौधरी होल्डिङ्स कम्पनीले हडेपेकोबारे तीन महिनादेखि अनुसन्धान गरिरहेको सीआईबीले आज तीन जनालाई पक्राउ गरेको हो ।

Advertisement

यसैबिच पक्राउ परेकाहरूलाई चार दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । सरकारी वकिल कार्यालय काठमाडौँले गरेको चार दिन म्याद थप गर्ने सिफारिसअनुसार अदालतले चार दिन म्याद थप्न अनुमति दिएको हो । 

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *