Categories समाचार

ट्राफिक कार्यालयमै प्रहरीमाथि छुरा प्रहार

Advertisement

वीरगन्ज । सर्लाहीमा एकजना ट्राफिक प्रहरीमाथि छुरा प्रहार भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि छुरा प्रहार भएको प्रहरी प्रमुख इन्सपेक्टर मदन थापाले जानकारी दिए ।

महोत्तरीको गौशाला नगरपालिका–३ घर भएका महतोमाथि कार्यालयमै रौतहटको राजपुर–१ घर भएका यमामुद्दिन देमानले छुरा प्रहार गरेको थापाले बताए ।

Advertisement

उनका अनुसार कार्यालय बाहिर पूर्वपश्चिम लोकमार्गमा चेकजाँच गरी जरिवाना रसिद काटेर भुक्तानी गर्न कार्यालयभित्र छिरेका महतोमाथि देमानले छुरा प्रहार गरेका थिए ।

Advertisement

देमान पूर्वपश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १९ प २५५५ नम्बरको मोटरसाइकल चढेर आएका थिए । महतोलाई छुरा प्रहार गरी भाग्न खोज्दा उनलाई प्रहरीले तत्काल पक्राउ गरी लालबन्दीको हिरासतमा राखेको छ ।

छुरा प्रहारबाट प्रहरी जवान महतोको निधार, घाँटी, हात र पेटमा चोट लागेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *