Categories समाचार

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Advertisement

कपिलवस्तु । कपिलवस्तुमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सोमवार बुद्धभूमि नगरपालिका–९ ईमिलियास्थित सडकमा लु.४ त ५१११ नम्बरको ट्याक्टरले लु.५५ प ८६८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक शिवराज नगरपालिका–१ भलुही बस्ने १७ वर्षीय ईश्वर थारूको मृत्यु भएको हो ।

Advertisement

ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको बुद्धपोलिक्लिनिक गोरुसिंगेमा उपचार भइरहेको छ ।

Advertisement

प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको बताएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *