Categories समाचार

‘गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान’ समाजवादीका प्रेस संगठनका महासचिव रामकुमार एलनलाई

Advertisement

काठमाडौँ। यस वर्षको ‘गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान’ समाजवादी प्रेस संगठन, नेपालका महासचिव रामकुमार एलनलाई प्रदान गरिने भएको छ। 

झरना साहित्यिक परिवार बकैया मकवानपुरले गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान २०८० पत्रकार एलनलाई प्रदान गर्ने निर्णय गरेको छ। नेकपा एकीकृत समाजवादीको केन्द्रीय प्रचार विभाग सदस्य रहनु भएका एलन मधेशदृष्टि दैनिकको सम्पादक हुनुहुन्छ ।

Advertisement

पत्रकार गोकर्ण गौतमको स्मृतिमा स्थापना गरिएको पुरस्कार ताम्रपत्रसहित ११ हजार १ सय ११ रुपैयाँ राशीको रहेको झरना साहित्यिक परिवारले जनाएको छ ।  संस्थाका सचिव मसान उपासकका अनुसार पुरस्कार फागुन १२ गते प्रदान गरिने छ।  

Advertisement

‘यो वर्षको पुरस्कार पत्रकार रामकुमार एलनलाई प्रदान गर्ने संस्थाले निर्णय गरेको छ’  सचिव उपासकले भन्नुभभयो– ‘फागुन ११ र १२ गते बकैया साहित्य महोत्सव २०८० का अवसरमा पुरस्कार प्रदान गर्ने तयारीमा छौं। महोत्सवको पहिलो दिन बालबालिकाहरूको उपस्थिति रहन्छ भने दोस्रो दिन सबै उमेरका साहित्य अनुरागीहरूको सहभागिता रहने छ।’ 

महोत्सवको पहिलो दिन बकैया गाउँपालिका मकवानपुरका उपाध्यक्ष भक्त बहादुर खत्री र दोस्रो दिन पालिका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतित्थ्यता रहेन सचिव उपासकले जानकारी दिनुभएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *