Categories समाचार

समाचार संकलनमा पुगेका पत्रकार माथि कुटपिट

Advertisement

वीरगन्ज । समाचार संकलनमा पुगेका पत्रकारमाथि रौतहटको कटरिया नगरपालिकामा रहेको बाबा बैजनाथ सुगर एन्ड केमिकल प्रालिमा निर्घात कुटपिट भएको छ । पत्रकार कृष्ण तिवारीमाथि मिल सञ्चालकले कुटपिट गरेको आरोप लागेको छ ।

किसानले लगेको १०० क्विन्टल उँखुलाई उद्योगले ७० क्विन्टल देखाइदिएपछि किसानहरू आन्दोलनमा उत्रिएका थिए । त्यहा समाचार संकलनको लागि पुगेका पत्रकार तिवारीमाथि सञ्चालक अजय प्रकाशकै मिलोमतोमा कुटपिट भएको बताइएको छ ।

Advertisement

संचालककै मिलेमतोमा आफूमाथि कुटपिट भएको पत्रकार तिवारीले बताएका छन् । आफ्नो मोबाइल र क्यामेरासमेत मिल सञ्चालकले लुटपाट गरेको उनको आरोप छ । घाइते पत्रकार तिवारीको अहिले गरुडास्थित हेल्थ ल्यान्ड अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

घटनामा संलग्न मिल सञ्चालकमाथि कडा कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन् । पत्रकारसंग सम्बन्धित विभिन्न संघसंस्थाले विज्ञप्ती जारी गर्दै यो घटनाको भत्र्सना गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *