Categories विदेश

भारत : १५ वर्षीया किशोरीलाई प्रलोभनमा पारेको आरोपमा आलमगीर पक्राउ

वीरगन्ज । भारतको रक्सौल इलाकाको एउटा गाउँका केही बासिन्दाले प्रहरीमा १५ वर्षकी एक नाबालिक बालिका अञ्जना कुमारी (नाम परिवर्तन) राति २१:०० बजेतिर घर नजिकैबाट हराएकी भनी प्रहरीमा किटानी जाहेरी दिएका थिए । छानबिन गर्दा मोहम्मद आलमगीर मियाँ नामका व्यक्तिले प्रलोभनमा पारेर भागेको खुलेको थियो ।

यस सन्दर्भमा प्रहरीले मानव बेचबिखन नियन्त्रण इकाई (एएचटीयू) एरिया हेडक्वार्टर एसएसबीका इन्स्पेक्टर मनोजकुमार शर्मालाई सम्पर्क गर्यो ताकि पीडित बालिकालाई छिट्टै उद्धार गर्न सकियोस्।

Advertisement

पीडित बालिकाको बारेमा खुफिया खबर पाएपछि मोहम्मद आलमगीर मियाँले बालिकालाई दिल्ली वरपरको इलाकामा लगेर त्यहाँ बस्ने ठाउँ परिवर्तन गरिरहेको थाहा भयो ।

Advertisement

यसका लागि एमआरओ क्षेत्रीय मुख्यालय बेतियाले उत्तर प्रदेश प्रहरी र गैरसरकारी संस्था मिशन मुक्ति फाउन्डेसनको सहयोगमा राति ११ बजे सेक्टर ६३ नोएडाबाट बालिकाको उद्धार गरी मोहम्मद आलमगीर मियाँलाई पक्राउ गरेको थियो, त्यसपछि रक्सौल प्रहरीले दुवैलाई बिहार ल्याएर । अपराधीलाई जेल पठाएको भारतीय प्रहरीले जनाएको छ ।

भारती प्रहरीका प्रहरी निरीक्षक मनोजकुमार शर्माले गरिब हिन्दू परिवारका धेरै नाबालिग बालिकाहरु मानव बेचबिखनको सिकार हुने गरेको बताउँदै उनले भने, ‘गृह मन्त्रालयले केही समयअघि १४ लाख बालिका मानव बेचबिखनको सिकार भएको जानकारी दिएको थियो ।

प्रेम सम्बन्ध जस्ता विषयलाई गम्भीरताका साथ लिने समय आएको छ, आज महानगरहरूमा प्रेम सम्बन्धको नाममा रेड बत्ती क्षेत्रमा ल्याइने युवतीको संख्या निकै बढेको छ । यसमा समाजमा चेतना हुनु जरुरी छ । यस सन्दर्भमा, “मानव बेचबिखन विरोधी इकाई क्षेत्र मुख्यालय” (बेतिया) सशस्त्र सीमा बलले यी पीडितहरूलाई उद्धार गर्न आफ्नो प्रयास जारी राख्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *